पत्रकार सम्मेलन गर्दै प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन्।

उम्मेदवारी मनोनयनको अन्तिम दिन प्रचण्डले आयोजना गर्न लागेको पत्रकार सम्मेलनलाई चासोको साथ हेरिएको छ । पत्रकार सम्मेलन पेरिसडाँडामा दिउँसो १२ बजे हुने बताइएको छ । पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

  • १२ बैशाख २०७९, सोमबार १०:१० प्रकाशित