एमालेले पोखराको मेयरमा पौडेललाई हटाएर थापालाई उम्मेदवार बनायो

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले पोखरा महानगरको मेयर पदको उम्मेदवार दीपक पौडेललाई हटाउँदै पोखरा कृष्ण थापालाई नयाँ उम्मेदवार बनाएको छ ।

आजै बिहान एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवलाय बैठकले पौडेलको टिकट खोस्दै थापालाई मेयरमा उठाउने निर्णय गरेको हो ।

यसअघि शनिबार एमालेले पौडेललाई टिकट दिएपछि उनको सुन पसलमा सुन किनिरहेको पुरानो भिडिओ सार्वजनिक गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

पोखरामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीबीच टक्कर छ। पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका थिए, तर सिक्री काण्डले उनको व्यापक आलोचना भएपछि उनको टिकट फिर्ता गराई खगराज पक्षका थापालाई उम्मेदवार बनाइएको हो ।

  • १२ बैशाख २०७९, सोमबार ०९:४६ प्रकाशित