स्याङ्जाली एकता समाज पोखराको अध्यक्षमा संगिता पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जाली दिदिबहिनी एकता समाज पोखराको अध्यक्षमा संगिता पाण्डे चयन भएकी छन् । समाजको शनिबार पोखरामा सम्पन्न दोस्रो साधारणसभा एवं प्रथम अधिवेशनले पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा कमला सुनार, सचिवमा सपना गिरी, सहसचिवमा गिता पंगेनी पौडेल र कोषाध्यक्षमा सन्तु पौडेल सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यमा सरु ध्वजु, अनिता रञ्जित, सिता अर्याल क्षेत्री, मेडिका श्रेष्ठ, तारा थापा, अम्बि मल्ल, संझना सुनार, कल्पना श्रेष्ठ, मञ्जु कोइराला, उषा कार्की, लक्ष्मी शर्मा र सञ्जु थापा निर्विरोध चयन भएका छन् ।

यस अगाडि साधारण सभा एवं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले स्याङ्जाली दिदिबहिनीको एकताले सबै दिदिबहिनीहरुलाई राम्रो सन्देश दिनसक्ने बताए । उनले धेरैभन्दा धेरै स्याङ्जाली दिदिबहिनी संस्थामा समेट्न सुझाव दिँदै स्याङ्जाली दिदिबहिनी एकता समाज पोखरालाई आफ्नो तर्फबाट आवश्यक सहयोग रहिरहने प्रतिवद्धता जनाए ।

उक्त अवसरमा पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस सेन्टर गण्डकीका वरिष्ट उपाध्यक्ष घनश्याम पाण्डे, स्याङ्जाली दिदिबहिनी एकता समाजका  सल्लाहकार विमला श्रेष्ठ, अध्यक्ष संगिता पाण्डे, उपाध्यक्ष कमला सुनार, सचिव सपना गिरी लगायतले आफ्नो धारणा राखेका थिए ।

  • ११ बैशाख २०७९, आईतवार २१:५० प्रकाशित