….अनि यसरी थुनिए पार्टी जिल्ला कार्यालयमै कांग्रेसका नेताहरु (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । वडा नम्बर १८ माओवादी केन्द्रलाई दिइएको भन्दै निर्णय सच्याउन र आफ्नै पार्टीले उक्त वडा पाउनुपर्ने माग राख्दै कांग्रेस १८ नम्बर वडाका नेता कार्यकताले  भित्र नेताहरुलाई राखेर बाहिर ताला लगाइदिएका हुन् ।

कांग्रेसका क्रियासिल सदस्य टिका चपागाईँका अनुसार कांग्रेसका जिल्ला नेताहरुलाई बैठक बसिरहेको स्थल होटल स्नोल्याण्ड बाट बोलाएर थुनिदिएको बताए । ‘उहाँहरु स्नोल्याण्डमा बैठक बसिरहनुभएको थियो । बोलाएर भित्र लग्यौं अनि ताला लगाइदिएका हौं । उहाँहरुले वडा हाम्रो पक्षमा ल्याउने सुनिस्चितता नगरेसम्म अरु दलहरुसंग बैठक बस्न जान दिँदैनौं’ उनले भने ।

कांग्रेस जिल्ला सभापति किशोर दत्त बरालले आफूहरुले वडा नछोडेको जिकिर गरे । जिल्ला पार्टीको प्रांगणमा हुटिङ गरिरहेका १८ नम्बर वडाका नेता कार्यकर्तालाई उनले वडाहरुको टुंगो लागि नसकेको भन्दै धैर्य गर्न र आफूहरुलाई बाहिर निस्कन दिन आग्रह गरे । तर कार्यकर्ताहरुले वडा आफूहरुले नपाएसम्म ताला नखोल्ने र बाहिर निस्कन नदिने अडान लिएका छन् ।

तरुण दल पोखरा– १८ का सभापती सागरजंग तिमिल्सिनाले गठबन्धन स्विकार्य नभएको बताए। जिल्लाका सभापति देखि सदस्यसम्मलाई उनीहरुले थुनिदिएका हुन ।

जिल्ला सभापति किशोरदत्त बरालले वार्दलीबाट कुनै सहमती नभएको भन्दै सम्झाउन खोजेका थिए । तर उनिहरु सहमती नभई कसरी सार्वजनिक भयो भन्दै आक्रोस पोखिरहेका थिए । कार्यालयका दुइवटा ढोकामा ताला लागेको छ ।

  • ११ बैशाख २०७९, आईतवार १७:०७ प्रकाशित