प्रवल जनसेवा श्रीबाट पुरस्कृत मालपोत अधिकृत डेढ लाख घूससहित पक्राउ

केन्द्रभाग मिडिया

ताप्लेजुङ ।

जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस सहित पक्राउ परेकी छन् । पनेरु १ लाख ५० हजार घुस रकमसहित पक्राउ परेकी हुन् । काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई पक्राउ गरेको हो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप पनेरुमाथि छ ।

उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।

  • ११ बैशाख २०७९, आईतवार १५:३१ प्रकाशित