रिक्सा चालकले गरे वडाअध्यक्षमा उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौँ

रौतहटमा एक रिक्सा चालकले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिए हुन् ।

उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्।चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्।

तिमल्सिनाले नगरमा हुने बेथिति र भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै आएका छन्।

  • ११ बैशाख २०७९, आईतवार १४:५३ प्रकाशित