कांग्रेसको घोषणापत्र : साना किसानलाई १० हजार बराबरको क्रेडिट कार्ड (पूर्ण पाठ)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् ।

कांग्रेसले घोषणपत्रमा सुत्केरीलाई ५ हजार सुत्केरी भत्ता दिने, साना किसानलाई १० हजार किसान क्रेडिट कार्ड,ठुला किसानलाई चार प्रतिशत ब्याजदरमा कृषि ऋणको व्यवस्था, सानालाई ९० प्रतिशत र ठुलालाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिने उल्लेख गरिएको छ।

काँग्रेसले ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।

८८ पृष्ठ लामो घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा काँग्रेसले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला काँग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ

  • ११ बैशाख २०७९, आईतवार १४:३२ प्रकाशित