गोरखामा कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

गोरखामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ। सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ।

गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो ।

काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए ।

‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’

यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।

  • ११ बैशाख २०७९, आईतवार १३:४६ प्रकाशित