पोखरा ।
पोखराको मेयरमा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी परेको छ । कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरा १४ निवासी कार्कीले कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा कलममा र गोरखामा आँखामा भोट हाल्न बाध्य पारेको भन्दै सोविरुद्ध आफूले उम्मेदवारी दिएको बताएका छन् ।
कुनै पनि दबाब र प्रभावमा आएर उम्मेदवारी फिर्ता नलिने कार्कीले जनाएका छन् ।कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति हुन् ।गठबन्धनको भागबन्डामा पोखराको मेयर एकीकृत समाजवादीले पाएको छ । तर यहाँका कांग्रेस नेता कार्यकर्ता आफुहरुले पाउनुपर्ने भन्दै असन्तुष्ट बन्दै आएका छन् ।