सिरहा ।
सिरहामा पर्खाल लगाउने विषयमा विवाद हुदाँ इट्टा हानाहान भएको छ। सो इट्टा हानाहानमा एक जनाको ज्यान गएको छ। सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको हो ।
इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इट्टा हानाहान भएको थियो । इँटा प्रहारबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।