कक्षा १२ को परीक्षा समय परिवर्तन

केन्द्रभाग मिडिया

कक्षा १२ को परीक्षाको समयतालिका फेरिएको छ ।

बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गर्ने भनेको समयतालिका परिवर्तन गरेको हो । अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। जेठ १६ गतेदेखि सुरू हुने भएको छ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।

  • ११ बैशाख २०७९, आईतवार ०९:३३ प्रकाशित