एमालेबाट पोखराको उपमेयरमा सिफारीस गुरुङद्धारा उम्मेदवार बन्न अस्विकार

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेबाट सिफारीस  मञ्जु देवी गुरुङले आफु उपमेयरको उम्मेदवार नबन्ने बताएकी छिन् । हाल पोखरा उपमहानगरको उपमेयर समेत रहेकी गुरुङले उपमेयरमा उठ्ने सोचँ नरहेको बताएकी हुन् ।

‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन,’ गुरुङले भनिन् ।

एमालेले पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेल पूर्व शिक्षक हुन् भने गुरुङ बाहालवाला पोखरा महानगरको उपमेयर हुन् ।

‘पार्टीले अहिलेसम्म भनेको पनि छैन, दावी पनि गरेको थिइन्, यस वारे पार्टीमा छलफल गर्नेछु, उनले भनिन् । मैले प्रतिष्प्रधाबाट वाहिरीने निर्णय गरेकी हुँ । पार्टीको निर्णय वारे नेताहरुसंग सम्पर्क गर्छु, अहिलेसम्म जानकारी पनि पाएको छैन ।’

गुरुङ एमाले केन्द्रीय सदस्य हुन् भने पौडेल प्रदेश सदस्य छन् ।वरियता क्रममा पनि गुरुङ अगाडी छन् । यसमा पनि उनको असन्तुष्टि हुनसक्ने एमाले नेता कार्याकर्ताको बुझाइ छ ।

  • ११ बैशाख २०७९, आईतवार ०९:१३ प्रकाशित