आजबाट सुरु हुदैं उम्मेदवार मनोनयन दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजबाट उम्मेदवार दर्ता सुरु हुदैँछ ।

वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताको लागि निर्वाचन आयोगले समय तोकेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको बताएको छ ।

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ(आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले यसपाली दुई दर्ताको समय राखेको आयोगले बताएको छ ।

  • ११ बैशाख २०७९, आईतवार ०८:४३ प्रकाशित