पोखरा महानगर उपमेयरको उम्मेदवारमा महिलाले अवसर पाउनुपर्छ : महिला संघ सभापति बराल

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कंग्रेसले पोखरा महानगरको उपमेयरमा पुरुष उम्मेदवार उठाउन खोजेको भन्दै महिला नेतृले विरोध गरेका छन् । गठबन्धनमा मेयर नेकपा एकिकृत समाजवादीको भागमा परे पछि कांग्रेसको भागमा उपमेयर परेको छ ।

मनोनयनको समय नजिकिदै गर्दा पार्टीले उपमेयरमा पुरुषलाई उठाउन खोजेको भन्दै विरोध भएको हो । नेपाल महिला संघ पोखरा महानगर समिति सभापति माया बरालले उपमेयरमा महिलाले मौका पाउनुपर्ने बताईन् ।

गठबन्धन गर्दा कांग्रेसले मेयर छाड्नुपर्यो, उपमेयरको एक पदमा पनि पुरुष उठाउदा महिलाको प्रतिनिधित्व कम हुने अवस्था आयो । मैले पाउनु पर्छ भन्ने छैन, उपमेयरमा सिफारीस भएका मध्यबाट पार्टीले उम्मेदवार उठाउनुपर्छ, उनले भनिन् । बराल उपमेयरकी दावेदार हुन् ।

गठबन्धनको नाममा महिलालाई उपेक्षा नगर्न बरालले पार्टी नेतृत्वलाई सचेत गराइन् । पार्टीले उपमेयरमा सिफारीस भएका वाहेकलाई टिक दिदाँ नराम्रो संदेश जाने भएकाले त्यसो नगर्न पनि उनले नेतृत्वलाई सुझाएकी छन् ।

बरालले महानगरका ३३ वडामामा वडाअध्यक्षको उम्मेदवार उठाउँदा महिला सहभागितालाई पनि ध्यान दिन आग्रह गरेकी छन् । सबै वडामा अध्यक्षका उम्ममेदवार बनाउदा पुरुष मात्र उम्मेदवार बन्ने सम्भावना छ, कम्तिमा पनि ५ वटा वडामा महिला वडाध्यक्ष उम्मेदवार बनाउ, बरालले भनिन् ।

बैखाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तरगत पोखरा महानगरको उपमेयरमा कांग्रेसको तर्फबाट १० जनाको नामा केन्द्रमा सिफारीस भएको छ ।

  • १० बैशाख २०७९, शनिबार १३:३० प्रकाशित