लिटिल हार्ट्समा ४८ जना विद्यार्थी पुरस्कृत

केन्द्रभाग मिडिया

पोखरा ।
लिटिल हार्ट्स मन्टेश्वरीले आज पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। पोखराका उत्कृष्ट मन्टेश्वरीमध्यमा गनिने पोखरा १४ हबेली मार्गमा रहेको यस मन्टेश्वरीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

मन्टेश्वरीमा अध्यनरत विद्यार्थीहरु मध्य विभिन्न बिधामा जित हासिल गर्न सफल ४८ जना विद्यार्थीलाई आज मन्टेश्वरीले पुरस्कृत गरेको हो। उल्लेख्य रुपमा अभिभावकको उपस्थितीमा सम्पन्न भएको यस कार्यक्रममा मन्टेश्वरीका प्रबन्ध निर्देशक पुष्पराज गुरुङले स्कुल ब्यबस्थापनमा र विद्यार्थीको सिकाईमा बिद्यालयले कुनै पनि कुरामा कन्जुस्याइँ नगरेको बताए ।

कक्षा १ सम्म संचालित यस मन्टेश्वरीमा पुरस्कृत विद्यार्थीले नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा बिध्यालयकी प्रीन्सिपल इमा गुरुङले आधुनिक शिक्षा प्रणालीलाई अनुसरण गर्दै प्राक्टिकलका साथमा विद्यार्थीहरुलाई अध्यन गराउदै आएको बताइन् ।

गुरुङले यस बिध्यालयमा अध्यापन गराइरहेका शिक्षिकाहरु मन्टेश्वरी बेसमा तालीम प्राप्त रहेको पनि बताइन्  । अभिभावक पुजा भण्डारी पौडेलले आफ्नो छोराको पढाईमा सन्तुष्ट रहेको र स्कुल बाट छोराले धेरै कुरा सिकेको भन्दै आज छोरा पुरस्कृत भएकोमा मन हर्षित भएको बताइन् ।

  • ९ बैशाख २०७९, शुक्रबार १६:४४ प्रकाशित