पोखरा।
पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समाज भवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद गुरुङ, द्धितिय उपाध्यक्षमा सु.मे.पुर्णबहादुर गुरुङ,सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा गणेशबहादुर गुरुङ, कोषाध्यक्षमा ध्रुबबहादुर गुरुङ र सहकोषाध्यक्षमा सु.लालकाजी गुरुङ चयन भएका छन्।
यसरी नै सदस्यहरुमा बसन्तकुमार गुरुङ, तमबहादुर गुरुङ, नरप्रसाद गुरुङ,देउबहादुर गुरुङ, पदमबहादुर गुरुङ,सु.यामबहादुर गुरुङ,शिव घले, पबी गुरुङ, बेलकुमारी गुरुङ र सपना गुरुङ रहेका छन् ।
यसै गरी आमा समितिमा पुनः डम्बरकुमारी गुरुङ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। समितिको उपाध्यक्षमा इन्द्रकुमारी गुरुङ, सचिवमा मिना गुरुङ, सहसचिवमा सुशिला गुरुङ, कोषाध्यक्षमा तारा गुरुङ र सहकोषाध्यक्षमा सुर्यकुमारी गुरुङ चयन भएका छन् ।
यसरी नै समितिको सदस्यहरुमा रत्नकुमारी गुरुङ, भिमकुमारी गुरुङ,कन्याकुमारी गुरुङ,तुलसीकुमारी गुरुङ,सन्तु गुरुङ,माया गुरुङ, दुरु गुरुङ,धनु गुरुङ, पार्वती गुरुङ,पुर्ण गुरुङ,निसा गुरुङ र बिष्णु गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिहरुलाई निर्वाचन समितिका संयोजक एवम कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
निर्वाचन समितिमा संस्थापक अध्यक्ष एवम सल्लाहकार प्रमुख पुरनध्वज गुरुङ,सल्लाकार एव निवर्तमान आइसिसि अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ र सल्लाहकार एवम पुर्व अध्यक्ष सु.मे.नारायणसिंह गुरुङ रहेका थिए भने निर्वाचन समितिका सदस्यहरुले खादा माला लगाएर बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक सदस्य, वर्तमान सल्लाहकार हुमबहादुर गुरुङ तमु धिं नेपालको गरिमामय अध्यक्षमा निर्वाचित, बिना गुरुङ सदस्यमा, कृष्णकुमार गुरुङ सदस्यमा र चारभञ्ज्याङ तमु समाजका सचिव उमानसिंह गुरुङ(माओत्सेतुङ) बेष्ट डाइरेक्टर घोषित भएको भन्दै बधाई एवम सम्मान गरिएको थियो।
त्यसरी नै विदेशबाट घरबिदामा आएका समाजका सदस्यहरुलाई स्वागत, सम्मान, एसईईमा उत्कृष्ठ विद्यार्थीहरुलाई मिनाकुमारी स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण र दशजोड दुई लगायत उच्चशिक्षा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
यसरी नै समाजले बसन्तबहादुर गुरुङ, भिक्टोर गुरुङ, सुसिला गुरुङ र माया गुरुङलाई वर्षको अत्यन्तै सकृय सदस्यको सम्मान गरेको थियो।
समाजका अध्यक्ष प्रदिपकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष पुरनध्वज गुरुङ, सम्मानित बिना गुरुङ र सुबिन गुरुङले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङ र संचालन सचिव उमानसिंह गुरुङ(माओत्सेतुङ)ले गरेका थिए ।