मेयरसहित एउटै उपमहानगरका १३६ जनप्रतिनिधिले एकसाथ दिए राजीनामा

केन्द्रभाग मिडिया

 

कलैया ।

बारा जिल्ला अन्तर्गत कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरुले राजीनामा दिएका हुन् ।कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएको जनाइएको छ।

कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान बनाएसँगै पछिल्लो समय देशैभर जनप्रतिनिधिले धमाधम राजीनामा दिएका छन्।

  • ९ बैशाख २०७९, शुक्रबार १५:२८ प्रकाशित