उम्मेदवार सिफारीसमा विरोध जनाउदै कांग्रेस क्षेत्रीय सभापतिले दिए राजीनामा

केन्द्रभाग मिडिया

बुटवल ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजिनामा दिएका छन्। स्थानीय तह निर्वाचन सन्दर्भमा बुटवल उपमहानगरको मेयरको उम्मेदवार छनोटमा लम्सालले असन्तुष्टि व्यक्त गदै आएका थिए ।

पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित बुटवलको मेयरको निर्णय गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

साधारण सदस्य समेत नरहने गरी उनले जिल्ला पार्टी कार्यालयमा राजीनामा बुझाएका छन्। लम्साल १४ औँ महाधिवेशनबाट दोस्रो कार्यकाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए ।

यस पहिले मेयरको टिकट नपाएको भन्दै रुपन्देही क्षेत्रनम्बर ३ का पूर्वसभापति मात्रिका यादबले पनि पार्टीबाट राजिनामा दिएर जसपा प्रवेश गरेका छन् ।

  • ९ बैशाख २०७९, शुक्रबार १४:२८ प्रकाशित