काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकाको मेयरमा शंकर खराललाई उठाउने भएको छ ।
२ महिनाअघि मात्रै राप्रपा प्रवेश गरेका खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुन् । यस्तै राप्रपाले काठमाडौं र ललितपुर महानगरपालिकामा पनि मेयरको उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी ललितपुरमा अष्ट महर्जनलाई मेयर उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।अन्य महानगर र उप महानगरपालिकाको उम्मेदवारी शुक्रबार बेलुकासम्म टुंगो लगाउने बताइएको छ ।














