काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले जिम्बाबेसँगको खेलको लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले एकदिवसीय र टी–२० शृंखलाका लागि आज शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको हो । ।
को को परे टिममा ?
सन्दिप लामिछाने, दिपेन्द्रसिहं ऐरी, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी करन के.सी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो , अदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन शराफ, अबिनाश बोहोरा, बसीर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला टिममा परेका छन् ।
सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् भने विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् ।यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने परेका छैनन्
नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछ ।१७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।
यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ । जिम्बाबे एले नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेको छ । जिम्बाबे ए टोली अप्रिल २८ मा नेपाल आउनेछ ।