कास्की कांग्रेसले गठन गर्यो स्थानीय तहमा टिकट बाड्ने संसदीय समिति (नामावलीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीले संसदीय समिति गठन गरेको छ । समितिमा सभापतिसहित उपसभापतिद्वय युवराज कुँवर, रामबाबु भण्डारी, सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकाल, सहसचिवद्वय शंकर ढुंगाना र नविन सिग्देल, कोषाध्यक्ष माइकल कर्माचार्य रहेको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

आज सम्पन्न बैठकले सभापति किशोरदत्त बरालको सभापतित्वमा संसदीय समिति गठन गरेको हो ।

जिल्ला सदस्यहरुमध्येबाट सुदीप मोहन भट्टराई, बाबुराम गिरी, गंगाधर पराजुली, चौबहादुर गुरुड, सीता शर्मा समितिमा परेका छन् ।
कांग्रेसमा संसदीय समितिलाई उम्मेदवारको टिकट वितरण गर्ने अधिकार विधानले दिएको छ । जिल्ला संसदीय समितिलाई स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने अधिकार छ ।

पदाधिकारी पदेन सदस्य हुने वाहेक जिल्ला सभापतिले जिल्ला कार्यसमितिका सदस्यमध्येबाट ५ जनालाई मनोनित गर्ने व्यवस्था छ ।

  • ९ बैशाख २०७९, शुक्रबार १३:१३ प्रकाशित