अमेरिकी सिनेटरको टोली आज नेपाल आउँदै : यस्तो छ भ्रमणको कारण !

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार) नेपाल आउने भएका छन् ।

चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र प्रतिनिधिसभाका सांसद मोन्डेयर जोन्स नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

पोल्यान्ड, जर्मनी, युएई र भारत हुँदै उनीहरु नेपाल आईपुग्न लागेका हुन् । सिनेटरको टोलीले भोलि शनिबार देखि नेपालमा भेटघाट सुरु गर्ने बुझिएको छ । रुसले युक्रेनमाथि हमला गरेपछिको अवस्थामा युक्रेनको पक्षमा जनमत बनाउने उदेश्यले सिनेटर टोली भ्रमण निस्किएको हो ।

अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्नेछ। यो सिनेटरको टोली नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएको बताइएको छ।भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन्।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम छ। नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ। यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ।

  • ९ बैशाख २०७९, शुक्रबार १०:४५ प्रकाशित