काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार चितवन जाँदै छिन्। नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन्। नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो।
राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति चितवन जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन।
उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ।














