मोदीको भ्रमण अघि कश्मिरमा प्रहरी र आतंककारीबीच झडप : ७ जनाको मृत्यु, ४ घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । आज बिहान ४ बजे कश्मिरमा भएको उतm झडपमा मारिनेमा २ जना सुरक्षाकर्मी र ५ जना आतंककारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला झडप भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा ब्यवस्था कडा बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाउँदा आतंककारी समूहहरुसंग झडप भएको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आगामी आइतबार जम्मु कश्मिरको भ्रमणमा जाने तयारीमा जादैँछन्।भारतले जम्मु कश्मिरलाई स्वायत्त राज्यको मान्यता दिने संवैधानिक ब्यवस्था खारेज गरेपछि प्रधानमन्त्री मोदी पहिलो पटक कश्मिर जान लागेका हुन् ।

  • ९ बैशाख २०७९, शुक्रबार १०:३३ प्रकाशित