कास्की कांग्रेसमा उपमेयरमा रस्साकस्सी : १० जनाको नाम सिफारिस

केन्द्रभाग मिडिया

अन्तत् नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई साथ दिने भएको छ।

केन्द्रले पोखरा महानगर एसलाई दिए पनि यहाँका कांग्रेस नेता कार्यकर्ताले मेयर पद नछाड्ने दाबी गरेका थिए । तर गण्डकी प्रदेश कार्यसमितिले गठबन्धनमा मेयर समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ ।

उपमेयरमा १० जना आकांक्षी छन् ।प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो ।

सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

  • ९ बैशाख २०७९, शुक्रबार १०:२१ प्रकाशित