ऋषि कट्टेलले भने,‘संसदवादी व्यवस्था मिल्काएर फाल्छौं’

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न लागेको बताएका छन् । उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचन सहभागी नहुने स्पष्ट पार्दै निर्वाचनभन्दा जनवादी क्रान्तिमा पार्टी केन्द्रित भएको बताएका हुन् ।

कट्टेलले मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र आफु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरिसकेको बताए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाभित्र केही मतभेद रहेको उनले बताए ।

उनले भने, ‘अहिलेको संविधान र संसदीय प्रणाली असफल भइसकेको छ । यस अन्तर्गत हुने निर्वाचनले नेपालको स्वतन्त्रताको रक्षा गर्न सक्दैन । समृद्धिको आकांक्षा पनि पूरा हुँदैन, जनताले न्याय र मुक्ति पनि पाउँदैनन् । त्यसैले हामी यो व्यवस्था मिल्काएर नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न चाहन्छौं ।’

नेकपा अध्यक्ष कट्टेलले नेपालका सच्चा कम्युनिस्टहरुले संसदवादी व्यवस्थालाई कहिल्यै पनि नमानेको बताए ।

  • ९ बैशाख २०७९, शुक्रबार ०९:१० प्रकाशित