कांग्रेस नेतृ बराल भन्छिन् : उपमेयरको टिकट पाए जितेर संमृद्ध पोखरा बनाउँछु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा सिफारीस माया बरालले उपप्रमुखमा टिकट पाए जित्ने दावी गरेकी छन् । इमान्दा र पोखरालाई बुझेको कारण पोखरा बनाउन पनि आफु सक्षम रहेको उनले बताइन् । नेपाली कांग्रेसको बफादार कार्यकता भएकाले पार्टीको निर्णय स्विकार गदै टिकट पाए जितेर देखाउँछु, नपाए जितायर देखाउँछु, बरालले भनिन् ।

कांग्रेस परिवारमा जन्मेर सानै उमेर देखी कांग्रेस पार्टीको सिद्धान्त बुझेको बताउने बराल महानगरलाई क्लिन सिटी, ग्रिन सिटीको रुपमा विकास गर्ने योजना रहेको बताउछीन् ।

हाल नेपाल महिला संघ पोखरा नगर सभापति तथा माहासमिति सदस्य पोखरा महानगर– १४ निवासी बराल पोखराकी स्थापीत महिला उद्यमी हुन् । भने, शैक्षिक क्षेत्रमा समेत उनको लामो अनुभव छ ।

पोखरा उपत्यका नगर विकास समितिमा रहेर काम गरिसकेकी बराल पर्यटकिय नगरी पोखरामा पूर्वाधार सगै प्राकृती र मौलिकता संरक्षणको खाचोँ रहेका बताउछीन् ।

पोखरालाई अन्तराष्ट्रिय स्तरको सहर बनाउन शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र संस्कृती संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

ठुला र अग्ला भवन हेर्न पर्यटक पोखरा आउने हैनन्, यहाँको प्राकृतिक सम्पदालाई सुहाउदो पूर्वाधार बनाउन वातावरण मैत्रि विकासको खाचोँ छ, उनले भनिन् ।

उम्मेदवारमा सिफारीस माया बरालका योजना यस्ता छन्

१) पोखराको फोहोरलाई मोहोरमा परिर्णत गर्ने र रोजगार सृजना गर्ने
२) सार्वजनिक यातायातलाई व्यवस्थित र प्रभावकारी बनाउने
३) शिक्षालार्ई अन्तराष्ट्रिय स्तरको बनाउने र पोखरालाई शैशिक हवको रुपमा विकास गर्ने
४) नीजी क्षेत्रलाई प्रवद्धन गर्ने नीति अन्र्तगत करको दर बृद्धि भन्दा करको दायरा बढाउने
५) महानगरका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने
६) कृषी उत्पादनलाई पर्यटनसंग जोडेर बजारीकरण गर्ने
७) नगरवासी ढुक्कसंग सुत्न सक्ने सुरक्षित महानगर बनाउने (सडक बक्ती र सिसिटिभि क्यामरा जडान)
८) महिलाहरुले स्वतन्त्रपूर्वक व्यापारा व्यवासाय, रोजगार गर्र्ने वातावरण बनाउने
९) पोखराका धार्मीक क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने
१०) शवको उचित व्यवस्थापन गर्न घाटहरु व्यवस्थित गर्ने
११) एक स्वास्थ्य संस्था एक चिकित्स
१२) खुल्ला क्षेत्र र पार्कलाई व्यवस्थित गर्ने
१३) पोखरालाई बालमैत्री नगर बनाउने
१३) नेपाल विधुत प्राधिकरणसंग मिलेर बिजुलीका तारलाई व्यवस्थित गदैँ सुन्दर पोखरा बनाउने
१३) पोखरा बसपार्कमा रहेका अव्यवस्थित बसोवासीलाई उचित व्यवस्थापन गरि तत्काल बसपार्क निर्माण थाल्ने
१४) सुशासन कायम गर्न प्रविधिमा जोड दिने
१५) लेखनाथ क्षेत्रलाई प्राथमिकतमा राखेर विकासमा गति दिने
१६) सबै जात, जाती, भाषा, धर्म र सम्प्रदायहरूको पहिचानलाई सुरक्षित गरिने

  • ८ बैशाख २०७९, बिहीबार १८:११ प्रकाशित