एमालेले प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसदलाई टिकट नदिने भएको छ । सिफारिस भएका १२ जनामध्ये २ जना प्रदेशसभाका सदस्य छन् ।

केन्द्रीय सचिवालय बैठकमा भएको छलफल गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने भएकाले सांसदलाई राजीनामा गराएर महानगरको उम्मेदवार नबनाउने एमाललेले निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्वा गुरुङले गठबन्धनको एक दलले समर्थन फिर्ता लिएको बखत एक सांसदमात्र तलमाथि हुँदा एमालेको सरकार बन्ने भएकाले प्रदेश सांसदलाई मेयर उम्मेदवार नबनाइने निर्णय भएको जानकारी दिए ।

मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम सिफारिस भएको छ । गुरुङले गण्डकीमामात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए ।

  • ८ बैशाख २०७९, बिहीबार १७:५९ प्रकाशित