महानगर र उपमहानगरको उमेदवार टुंग्याउन एमाले बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवारका विषयमा छलफल हुने छ । महानगर र उपमहानगरको उमेदवारको टुंगो लगाउने एमालेको तयारी छ ।

एमालेले महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ ।

६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

उपमहानगरपालिकातर्फ भने एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस नभएकाले प्रदेश कमिटीको सुझावसमेतका आधारमा टुंगो लगाइने भएको छ ।

कतिपय महानगर र उपमहानगरमा उपमेयर अन्य दललाई दिनेबारे पनि एमालेमा छलफल भएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार १७:४६ प्रकाशित