१९ गते सत्तारुढ गठबन्धनले पोखरामा चुनावी सभा गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकलेचुनावी सभा गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख १९ गते चुनावी सभा हुने भएको छ । सभलाइ गठबन्धन दलका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सातै प्रदेशका राजधानीमा हुने चुनावी सभा १८ देखि २२ वैशाखसम्म संचालन हुनेछ । जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

  • ८ बैशाख २०७९, बिहीबार १४:४८ प्रकाशित