देउवाले बोलाए कांग्रेस शिर्ष नेताको बैठक : यस्ता छन् एजेन्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, नेता डा. शशांक कोइरालाका अतिरिक्त लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि सहभागी हुने छन् ।

बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् ।
काठमाडौं ।
महानगर र उपमहानगरमा गठबन्धनमा भागबण्डा भए पछि कांग्रेसमा आन्तरिक कलह सुरु भएको छ । उम्मेदवार मनोनयनको दिन नजिकिदै गर्दा उम्मेदवार छनोट गर्न कांग्रेसलाई सकस परेको छ ।
काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ ।
टिकट वितरणमा गुटको व्यवस्थापन गर्नु कांगेसका लागि निकै चुनौतिपूर्ण मानिन्छ ।

 

  • ८ बैशाख २०७९, बिहीबार १३:२६ प्रकाशित