राजेन्द्र लिङ्देनले भने,‘कसैसँग तालमेल गर्दैनौं,जनताले जुन स्थान दिन्छन् त्यही बस्छौं’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा कसैसँग तालमेल नगर्ने बताएका छन् । लिङदेनले आफ्नो पार्टी एक्लै लड्ने तयारीमा रहेको बताएका छन् ।

लिङ्देनले भनेका छन्, ‘सैद्धान्तिक रुपमा राप्रपा एक्लै लड्ने तयारीमा छ । हामीले संगठन संरचनामा धेरै फेरबदल र सुधार गरिसकेका छौं । निकै लामो फड्को मार्‍यौं। निष्ठाले राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने आइसक्नुभएको छ । बाँकी पनि आउनुहुन्छ । जनताले जुन स्थान दिन्छन्, हामी त्यसमा बस्नेछौं ।’

उनले नेकपा एमालेसँग आफ्नो पार्टीको कुनै कुरा नभएको पनि स्पष्ट पारे ।

  • ८ बैशाख २०७९, बिहीबार ११:०१ प्रकाशित