गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा टुंगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ ।

बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो ।

सहमतिअनुसार ६ मध्ये तीन वटा महानगर नेपाली कांग्रेसले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व पाउने भएको हो ।

जसअनुसार माअ‍ोवादी केन्द्रले भरतपुर, नेकपा एसले पोखरा महानगरको नेतृत्व पाउने भएको छ । यस्तै कांग्रेसले, काठमाडौं, ललितपुर र विराटनगर पाएको छ । साथै जसपाले वीरगञ्ज पाएको छ ।

कांग्रेसको भागमा धरान उपमहानगर, इटहरी उपमहानगर, बुटवल उपमहानगर, कलैया उपमहानगर, नेपालगञ्ज उपमहानगर, तुल्सीपुर उपमहानगर र धनगढी उपमहानगर परेको छ ।

त्यस्तै माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही उपमहानगरपालिका पाएको छ । साथै एकीकृत समाजवादीले हेटौडा उपमहानगर पाउने समझदारी गठबन्धन दलबीच भएको छ । जसपाले जनकपुरधाम उपमहागर पाउने भएको हो ।

  • ७ बैशाख २०७९, बुधबार १६:५६ प्रकाशित