हेटौंडामा मेयर नपाए एक्लै लड्ने कांग्रेसको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

हेटौंडामा कांग्रेसले मेयर पद नपाए एक्लै उम्मेदवारी दिने चेतावनी दिएको छ ।

स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमति भएको जनाइएको छ । सो सहमतीप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाउँदै यस्तो चेतावनी दिएको हो ।

उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पुनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभए हेटौंडामा गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले बताएको छ ।

  • ७ बैशाख २०७९, बुधबार १६:३१ प्रकाशित