काममा फर्किएपछि गभर्नर अधिकारीले भने : कुनै पूर्वाग्रह नराखी काम गर्छु,

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। उनले आफूले कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अधिकारीलाई हिजो सर्वोच्च अदालतले काम फर्कनेगरि आदेश दिएको हो ।

सरकारले उनलाई निलम्बन गरेको थियो । त्यसको विरुद्धमा अधिकारी अदालत गएका थिए । सर्वोच्चले गभर्नर अधिकारीलाई गरिएको निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । उनले अदालतको आदेश आफ्नो लागिभन्दा पनि समग्र सिस्टमको लागि आएको बताए ।

उनले भने,‘यो समग्र सिस्टमको लागि आएको आदेश हो। यहाँहरूले पनि मेरो लागिभन्दा पनि सिस्टमको लागि भनेर लागि पर्नु भएको छ, त्यसका लागि सबैलाई धन्यवाद र आभार प्रकट गर्दै म आफ्नो जिम्मेवारीमा फर्किन चाहन्छु।’

  • ७ बैशाख २०७९, बुधबार १५:४४ प्रकाशित