कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली काङ्ग्रेस महानगर समितिले कास्की जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

मंगलबार गठबन्धनको बैठकले पोखरा महानगर नेकपा एकिकृत समाजवादीलाई दिने निर्णय गरेकोमा कांग्रेस महानगरले जिल्ला कार्यालयमा ताला लगाएको हो । कार्यालयको मुल गेटमा ताला लागेको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई काठमाडौंँ बोलाएर एकिकृत समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता रहेको बताएका थिए ।

केन्द्रीय समपतिले जिल्ला र प्रदेश सभापतिलाई किनाराको साँची राख्दै पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णय गरेको मा महानगर कमिटिले आपत्ती जनाएको छ । समितिले ध्यानकर्षण पत्र जिल्ला र प्रदेश समितिलाई बुझाएको छ ।

  • ७ बैशाख २०७९, बुधबार १२:०९ प्रकाशित