काठमाडौं ।
संयुक्त राज्य अमेरिकाका चार जना सांसद आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्।
सिनेटर र्कस्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स नेपाल आउन लागेका हुन् छन्। टोलीमा अमेरिकी विदेश मन्त्रालयका केही अधिकारी पनि रहने बताइएको छ।
परराष्ट्र मन्त्रालयको अनुसार अमेरिकी सांसदको टोली आइतबारसम्म नेपालमा रहनेछ। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का र जिभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्नेछन्।
अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणमा छिन्।














