एजेन्सी ।
रुसले युक्रेनका विभिन्न सहरमा फेरि आक्रमण तीव्र पारेको छ । गएको २४ घण्टामा रुसले युक्रेनमा भयानक आक्रमण गरेको युक्रेनी अधिकारीले जनाएका छन् ।
रुसी फौजले सोमबार युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी फौजले पश्चिमी सहर लभिभमा कम्तीमा ५ वटा शक्तिशाली क्षेप्यास्त्र फ्रहार गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, रुसी फौजले मरिपोल सहरमा युक्रेनी सेनाले पुर्याएका सबै अवरोध ध्वस्त पारिदिने जनाएको छ । ऊक्त सहरमा तैनाथ युक्रेनी सेनालाई रुसले आइतबार आत्मसमर्पणका लागि अन्तिम मौका दिएको थियो । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की तथा प्रधानमन्त्री डेनिस स्मिहलले आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए ।