सत्ता गठबन्धनको बैठक : टुंगिएन भागबन्डा, आजै अर्को बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

बैठक आजै फेरि बस्ने गरी स्थगित भएको बताइएको छ। स्थानीय तहको निर्वाचन आउन जम्मा २५ दिन बाँकी रहेको छ भने उम्मेदवार मनोनयनका लागि ६ दिन मात्र बाँकी छ । तर सत्तागठबन्धनलाई भागबन्डा मिलाउन निकै सकस भएको छ ।

  • ५ बैशाख २०७९, सोमबार १३:११ प्रकाशित