पोखरा मेयरमा नेकपा एसका १२ आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
सत्ता घटन दल नेकपा एकिकृत समाजवादी (एस)ले पोखरा महानगरको मेयर र उपमेयरका आकांक्षीको नाम सिफारीस गरेको छ ।
मेयरमा एकीकृत समाजवादीले १२ जनाको नाम सिफारिस गरेको छ, भने उपमेयरमा ३ जनाको नामा सिफारीस गरेको छ । आइततबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले मेयर र उपमेयरका आकांक्षीको नामा सिफारीस गरेको हो ।

एकीकृत समाजवादीबाट पोलिटब्युरो सदस्य समेत रहेका गण्डकी प्रदेश उपाध्यक्ष श्रीनाथ बराल र केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्यको नाम केन्द्रमा सिफारीस भएको छ । यस्त्तै देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेल, प्रेम थापा, दामोदर शर्मा पराजुली, दुर्गा प्रसाद सुवेदी, नवराज अधिकारी, दिलु पन्त, नारायण वास्तोला र चित्र प्रसाद आचार्य ।

त्यस्तै, महाननगरको उपप्रमुखको लागि सिफारीस हुनेमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा र संगीता शर्मा रहेका छन् ।
पोखरा महानगर कमिटिबाट ६ जना पठाएको र जिल्लाले थप ६ जनाको नाम थपेर पठाएको महानगर कमिटि अध्यक्ष मुक्तीनाथ पौडेलले जानकारी दिए ।

 

  • ४ बैशाख २०७९, आईतवार १८:२५ प्रकाशित