संस्कृतिविद् सत्यमोहन जोशी आइसियूमा

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि आइसियूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए ।

अहिले उनमा पिसाबसम्बन्धी संक्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार उनको उपचारमा प्राडा मिलेशजंग सिजापति तथा प्राडा रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू संलग्न छन्।

चिकित्सकका अनुसार अहिले उनको अवस्था सन्तोषजनक छ। यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए।

  • ३ बैशाख २०७९, शनिबार १५:४८ प्रकाशित