गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

 

पोखरा ।
गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा ११ र १२ बैशाखमा पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता (डबल्स र सिंगल) इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटी पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए ।

समाज विकासका लागि भूमिका रहेको गोर्खाजहरुलाई खेल मार्फत पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको खुल्ला डबल्सतर्फ प्रथम हुनेले २५ हजार, द्धितियले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने र अन्तर पल्टन विजेता हुनेले समेत २५ हजार, द्धितियले १५ हजार, तृतियेले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५० हजार खर्च हुने र एक सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीका लागि ९ बैशाखसम्म पेन्सन पट्टाको फोटोकपी, पासपोर्ट साईको फोटोसहित खेलाडीको नाम दर्ता गर्नुपर्ने र बैशाख १० दिनको १२ बजेभित्र पोखरा १० बुद्धचोकस्थित गोर्खा सहकारी भवनमा खेलको टाइसिट सार्वजनिक गरिने गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष क्या.गुरुङले गोर्खाहरुलाई नेपाली खेलकुद क्षेत्रमा पनि ठुलो भुमिका रहेको भन्दै गोर्खाजको योगदानलाई सम्मान गर्न पत्रकार सम्मेलनमा आग्रह गरे । यसरी नै रेडियो गार्खालीकी संस्थापक अध्यक्ष सावित्री गुरुङले मिडियाले गोर्खाजहरुको गतिविधीलाई प्रचार प्रसारमा कन्जुस्याई नगर्न अनुरोध गरिन् ।

पत्रकार भेटघाट कार्यक्रममा गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङ नासु.बालकृष्ण सुवेदी लगायतले बोलेका थिए ।

  • ३ बैशाख २०७९, शनिबार ११:१८ प्रकाशित