शेखरले भने : ‘यसवर्ष पार्टीभित्रको काखा र पाखा गर्ने प्रवृत्तिविरुद्ध लड्छौं’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष पार्टीभित्र हुने अन्यायविरुद्ध लड्ने घोषणा गरेका छन्।नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् ।

‘पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं ।’

उनले मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको उल्लेख गर्दै त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने बताएका छन् ।

  • १ बैशाख २०७९, बिहीबार १३:२८ प्रकाशित