वीरगञ्ज मेयरमा एमालेबाट विजयकुमार सरावगी सर्वसम्मत सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गरेका थिए ।

  • ३० चैत्र २०७८, बुधबार १६:३१ प्रकाशित