चार महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउछ : पर्यटनमन्त्री आले

केन्द्रभाग मिडिया

पोखरा ।
१७ औैं नव बर्ष फेवा महोत्वस पोखरामा सुरु भएको छ । पश्चिमाञ्चल होटल संघको आयोजनामा नेपाली नयाँ वर्षको स्वागतार्थ लेकसाइडस्थित फेवाताल किनारमा महोत्सव शुरु भएको हो ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महोत्सवको उद्याटन गरे । उद्याटन कार्यक्रमालाई सम्बोधन गदै मन्त्री आलेले पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्ने प्रतिवद्धता जनाए । उनले आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत पोखरालाई पर्यटकिय राजधानी घोषण गरिने बताए ।

विमानस्थलको निर्माणको ९३ प्रतिशत काम सम्पन्न भइसकेकोले तीन देखि चार महिनामा पोखरा अन्तराष्ट्रिय विमानस्था उद्याटन हुने आलेले बताए । फास्ट ट्रयाकबाट रिठ्ठेपानी डाँडाँ कटान गरिने आलेलेको भनाई थियो ।

पोखरा महानगरका मेयर, उपमेयर, वडाध्यक्ष लगायतलाई ल्याण्ड फिल साइट अहिले भएको स्थानबाट हटाएर छिटो निकास दिन आलेले आग्रह गरे ।

राजतन्त्र समाप्त भएर नारायणहिटी सर्वसाधारणका लागि खुल्ला भईसकेको अवस्थामा राजाले प्रयो गरेको पोखराको हेमा गृह र रत्नमन्दिर खुल्ला नगरिएको पर्यटन व्यवसायीले गुनासो गरे पछि मन्त्री आलेले बैशाख ३० गते भित्र हिमा गृह र रत्नमन्दिर खुल्ला गर्ने प्रतिवद्धता गरेका छन् ।

महोत्सवको उद्घाटनअघि झाँकीसहितको ¥याली निकालिएको थियो । हल्लनचोकदेखि सुरु भएको ¥याली बराहीचोक हुँदै फिस्टेल गेट अगाडी पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।

१४औं संस्करणको फेवा नव वर्ष महोत्सवमा पर्यटन, संस्कृति र खाना मूख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा विभिन्न प्रकारका खानाहरु एकै ठाउँमा पाइने, प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम राखिएका छन् ।

बैशाख १ गते सम्म चल्लने महोत्सव फिस्टेल गेट देखी हल्लनचोक सम्मको तीन किलोमिटर सडकमा यातायात निषेधीत गरेर महोत्सवका विभिन्न कार्यक्रम संचालन गरिएको छ ।

  • ३० चैत्र २०७८, बुधबार १६:२१ प्रकाशित