चितवन कांग्रेसका नेता कार्यकर्ता भन्छन्, ‘भरतपुरमा रेणुलाई भोट हाल्दैनौ’

केन्द्रभाग मिडिया

काठमाडौं।
चितवन कांग्रेसका नेता कार्यकताले भरतपुर महानगरपालिका रेणु दाहाललाई भोट नहाल्ने बताएका छन् ।

यसपाली भरतपुर महानगरपालिको प्रमुख कांग्रेसले पाउनुपर्ने दाबी गर्दै आएका नेता कार्यकर्ताले यस्तो बताएका हुन् । उनीहरुले स्थानीय तहमा जबजस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले पार्टीलाई नै ठुलो घाटा हुने भन्दै भरतपुरमा दाबी नछाड्ने बताएका छन् ।

कांग्रेसले दाबी गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डले भने पुन छोरी रेणु दाहाललाई नै महानगर प्रमुखमा उठाउन कसरत गरिरहेका छन् ।चितवनमा माओवादीको पकड राम्रो रहेको बताउँदै आएका प्रचण्डले गठबन्धनको चित सुश्चित गर्नका लागि भए पनि आफुहरुले भरतपुरमा टिकट पाउनु पर्ने बताउँदै आएका छन् ।

तर कांग्रेस नेता कार्यकर्ताले भने यसपाली आफुहरुलाई सहायता नगरे परिणाम फरक आउन सक्ने भन्दै चेतावनी दिइरहेका छन् । हिजो चुनावी तालमेलको मोडालिटी बनाउन बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाटै भाडबन्डाको छिनोफानो हुने निर्णय गरेको छ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताएका छन् ।

नेता भण्डारीले भने, “अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको छ । त्यसले स्थानीय तहलाई विचलित र अप्ठ्यारोमा पारिदिएको छ । अनावश्यक द्वन्द्व निम्त्याएको छ । यसले सही दिशा सक्दैन । हामीले सिंहदरबारले तल्लो तहलाई चिनेन भनेर स्थानीय तहको व्यवस्था गरेका हौं । स्थानीय तहलाई नै आफ्नो नेतृत्व छनोट गर्न किन नदिने ?’

काठमाडौंको एउटा कोठामा बसेर गरिएको भागबन्डाले कांग्रेस पार्टी नै समस्यामा पर्ने उनको टिप्पणी छ । नेता भण्डारीले भने, ‘काठमाडौंमा पाँच जना नेता बसेर गरिएको क्राइटेरिया जनताले कसरी मान्ने ? जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ जबर्जस्ती किन लाद्ने ? यस्तो क्रियाकलापले कांग्रेसको एउटा तप्का निराश हुन्छ, पार्टी छाडेर जान्छन् । त्यसैले नेताहरुले बहुलट्ठी निर्णय लागू हुन्छ भन्ने छैन ।

  • ३० चैत्र २०७८, बुधबार १३:३३ प्रकाशित