चुनावी घोषणापत्रबारे छलफल गर्दै काँग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल रहेको छ ।

यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो ।

  • ३० चैत्र २०७८, बुधबार ०९:११ प्रकाशित