यस्तो छ गठबन्धनको उच्च संयन्त्रले गरेको निर्णयहरु (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो साँझ अबेर बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख केन्द्रबाटै तय गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचन आउन ३० दिन मात्र बाँकी रहेको बेला अझै सिट बाँडफाँटको टुंगो लगाउन नसकेको गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रले गर्ने सहमति गरेको हो ।

उम्मेदवार बाँडफाँट केन्द्रले नै नगर्ने सहमति भए पनि कुन महानगर र उपमहानगरपालिका कुन पार्टीलाई दिने भन्ने टुंगो लगाउन भने गठबन्धनलाई सकस परेको छ।

यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर साथै अध्यक्ष र उपाध्यक्ष पदको सिट बाँडफाँटबारे जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले केन्द्रलाई पठाउने बताइएको छ ।

यसरी जिल्ला संयन्त्रले स्थानीय तहका उम्मेदवारबारे वैशाख ३ गतेभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले वैशाख ५ गतेभित्र केन्द्र संयन्त्रलाई निर्णय पठाउने बताइएको छ ।

गठबन्धन दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रले गरेका निर्णयहरू 

१. महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगरपालिका र गाउँपालिकाको क्रमशस् प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँट जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४‍. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई(दुई जना प्रतिनिधि रहने ।

५‍. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ(आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिनेछ ।

६‍. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्नेछ ।

  • ३० चैत्र २०७८, बुधबार ०८:४२ प्रकाशित