सत्ता गठबन्धनको बैठक बालुवाटारमा : भागबन्डाको अन्तिम टुंगो लाग्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनमा भागबन्डाको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।

बैठकमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द्रित छ ।

  • २९ चैत्र २०७८, मंगलवार १७:१५ प्रकाशित