पोखरा ।
१७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएकोे महोत्सवको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षपछि महोत्सव पुन आयोजना हुन लागेको हो ।
महोत्सवको बुघबार नेपाल सरकारका पर्यटन मन्त्री प्रमेल आलेले उद्याटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्याली निकालिने छ ।
यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना गरिएको महोत्वसव पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा हुने छ ।
महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कोभिड– १९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव सफल हुने सुबेदीले बताए । पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउने क्रम सुरु भएको सुबेदीले जानकारी दिए ।
अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवमा समावेस गरिएको छ ।
महोत्सवमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु हुने बताइएको छ । महोत्सवको उद्घाटन अघि
संघले जाउँ है पोखरा कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि निम्ता समेत बाँडिसकेको छ ।